महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रे २०८०-१०-०६ डाउनलोड

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम तीन शृङ्खलामा सम्पन्न भएकाे छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, बनेपा, काभ्रेद्वारा आ व २०८०/८१ का स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयाेजित उक्त कार्यक्रम काभ्रे जिल्लाका विभिन्न पालिकाहरूमा सञ्चालन गरिएकाे थियाे। बेथानचाेक गाउँपालिकाका, पनाैती नगरपालिका तथा भुम्लु गाउँपालिकाका विभिन्न वडाहरूका स्वयंसेविका दिदीबहिनीहरूकाे सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यक्रमहरूमा आयुर्वेदका स्वस्थवृत्त, ओैषधिप्रयाेग, जडीबुटी, याेग, आहारविहार तथा व्यवहारपरिवर्तन सम्बन्धी विभिन्न कक्षाहरू सञ्चालन गरिएकाे थियाे। पालिकाहरूका प्रमुखज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यूहरू, वडाध्यक्ष तथा स्वास्थ्यसंयाेजकज्यूहरू, नागरिक आराेग्य सेवा केन्द्रका साथीहरू लगायत सबै सहभागीहरूमा सहयाेग तथा समन्वयका लागि हार्दिक आभार व्यक्त गर्दछाैं।

© 2024 Copyright : जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र , काभ्रेपलाञ्चोक ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.